प्रदेश २ मा प्रदेश मुद्रण छापाखाना भवन निर्माण हुने भएको छ ।
सोमबार जनकपुरधामस्थित जचुकाली परिसरभित्र रहेको मधेस भवनमा प्रदेश मुद्रण छापाखाना स्थापनाका लागि भूमि पूजन गरिएको छ ।
प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले प्रदेश छापाखाना स्थापनाका लागि भूमी पूजन गरे ।
छापाखाना स्थापना भएपछि प्रदेश सरकारले प्रकाशित गर्ने विभिन्न छापा तथा मुद्रण आफैं प्रकाशित गर्नेछ । रेडबुकदेखि विभिन्न दस्तावेज समेत आफैं प्रकाशित गर्नका लागि छापाखाना स्थापना गरिएको हो ।
दुई करोड रुपैयाँको लागतमा निर्माण हुने प्रदेश मुद्रण छापाखानाको ठेक्का जेबी शर्मा फाउण्डेसनले लिएको छ ।
छापाखानाले प्रदेश सरकारको महत्वपुर्ण कागजात प्रकाशन गर्न र गोपनियता जोगाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।