एक बिटक्वाइन व्यापारीले आफ्नो पासवर्ड चोरी भएपछि करिब १५ करोड बराबरको क्रिप्टोकरेन्सी गुमाएको खुलासा गरेका छन् ।
उनले आफ्नो यो कथा सामाजिक सञ्जालमा शेयर गरेका छन् । उनले भने, ‘मेरो पासवर्ड चोरी नभएको भए आज म करोडपति भइसकेको हुन्थें ।’ रेडडिट प्रयोगकर्ताले पासवर्ड चोरी भएपछि करिब २ मिलियन डलरको क्रिप्टोकरेन्सी गुमाए ।
उनका अनुसार ह्याकरहरुले पासवर्ड सेभ गरिएको सर्भरमा प्रवेश गरेका थिए । उनले यी बिटक्वाइनहरुलाई लामो समयसम्म सुरक्षित राख्न इन्क्रिप्टेड हार्ड ड्राइभरमा भण्डारण गरेका थिए तर ह्याकरहरुले त्यसमाथि पनि आक्रमण गरे । ती व्यक्तिले पासवर्ड चोरी भएपछि उसले आफ्नो बिटक्वाइनको पैसा फिर्ता गर्न नसक्ने बताए ।
बिटक्वाइन व्यापारीले आफ्नो पोस्टमा दाबी गरेअनुसार उनले सुरुमा २० हजार डलर लगानी गरेका थिए । अन्य धेरै अन्य प्रयोगकर्ताहरुले टोमोकोल सनपकार्डको पोस्टमा यस्तै कथा सार्वजनिक गरेका छन् ।
डिजिटल मुद्रा असुरक्षित भएको कारण आफ्नो सानो गल्तीका कारण मानिसहरुले बिटक्वाइनमा आफ्नो ठूलो पैसा गुमाउँछन् ।