बलिउड कलाकार प्रियंका चोपडा र उनका पति निक जोनसको सम्बन्ध विच्छेदको हल्ला फैलिरहेको छ ।
प्रियंकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो नामबाट जोनस सरनेम हटाएपछि उनीहरुबीच सम्बन्ध विच्छेद हुन लागेको हल्ला फैलिएको हो ।
तर, निक जोनसले एउटा भिडिया पोस्ट गरी यी सबै हल्ला गलत भएको प्रष्टिकारण दिएका छन् ।
डिभोर्सको खबर आएपछि निक जोनसले फिटनेस भिडियो सेयर गरेका छन् जसमा उनी जिममा डम्बेल उठाउँदै गरेको देखिएका छन् । सम्बन्ध विच्छेदको खबरलाई नजरअन्दाज गरी उनी आफ्नो बाइसेप्समाथि ध्यान केन्द्रित गर्दै गरेको देखिएका छन् ।
उक्त पोस्टमा उनकी श्रीमती प्रियंकाले पनि मिठो कमेन्ट गरेकी छन् । प्रियंकाको यो मायालु टिप्पणीले सम्बन्ध विच्छेदको खबर हल्ला मात्र भएको साबित गरेको छ ।