गैरसरकारी संस्थाको रुपमा २०६१–६२ मा मधेशि जनअधिकार फोरम नेपाल नामक संगठन खोलेदेखि हाल जनता समाजवादी पार्टी नेपालको अध्यक्ष भईरहंदा उपेन्द्र यादव जहिलेपछि आफ्ना सहकर्मिहरुको विश्वास गुमाईराख्ने पात्र हुन ।
फोरमको व्यानरमा मधेस आन्दोलनको आंधिवेरी आईरहदा उपेन्द्र त्यसका अध्यक्ष थिए । एमालेपछी माओवादी हुंदै मधेश राजनितिमा छिरेका उपेन्द्र एकाएक राष्ट्रिय राजनितिमा उदाएका व्यक्ति हुन् ।
मधेस आन्दोलनको रापतापबाट साईकलदेखि हवाईजहाजसम्मको यात्रा तय गरेका यादवमा भने आफ्नै सहकर्मि जोगाईराख्न सक्ने क्षमता देखिएन ।
२०६३–६४ को मधेस आन्दोलन उंचाईमा पुगेको बेला आन्दोलन तुहाएर निर्वाचनमा गएको आरोप लागेका उपेन्द्रले संसदिय राजनिति शुरु नगर्दै आन्दोलनका कमाण्डरहरुको विश्वास गुमाएका हुन् ।
संगठनको अध्यक्ष उनि स्वयम भएतापनी आन्दोलनका कमाण्डर बिरगञ्जका भाग्यनाथ गुप्तालाई छलेर तत्कालिन गिरिजा प्रसाद कोईराला नेतृत्वको सरकारसंग सम्झौता गर्न पुगेका थिए ।
हाल मधेसि जनअधिकार फोरम मधेस नामक पार्टीको नामबाट राजनिति गरिआएका भाग्यनाथ गुप्ताले खुल्ला रुपमा उपेन्द्रको बदमासिबारे मिडियामा बोल्ने गरेका छन् ।
तत्कालिन फोरमको सचिवालयको बहुमत सदस्यको निर्णयलाई नमान्दै एक्लै सरकारसंग सम्झौता गरि निर्वाचनमा गएका उपेन्द्रलाई गुप्ता, कुमार बिस्वाश लगायतका नेताले छोडेका थिए ।
२०६४ को संबिधानसभा निर्वाचमा अपेक्षा भन्दा बढि सिट ल्याई सोझै सडकबाट नाराणहिटी दरवारको परराष्ट्र मन्त्रालयमा मन्त्री बनेपछी उपेन्द्रको जिवनी भने एकदमै बदलिएको गुप्ता बताउंछन् ।
सरकारमा गएपछि निर्वाचित सांसदहरुलाई आफ्नौ कारिन्दा ठान्ने उपेन्द्र प्रवृतिका कारण बिजय गच्छेदारले पार्टी बिभाजन गरे । पछि टुक्रिएकै उपेन्द्रको पार्टीबाट जयप्रकाश गुप्ता र राजकिशोर यादव समुहले पुनः पार्टी टुक्राए ।
राजनितिक सहकर्मिहरुले उपेन्द्रको रवैया र तानासाहि प्रवृतिको बिरोध गर्दै सांथ छोडेपनि उनि नसुध्रिएको उनि निकटहरु बताउंछन् ।
पछिल्लो समय मधेस आन्दोलनको मुल केन्द्रबिन्दुको रुपमा रेहेको बिरगञ्जका प्रदिप यादवहरुले उनलाई सांथ दिए ।
नाका अवरोधदेखि वृहत आन्दोलनको म्यानेजमेन्ट गरेका हाल पर्साबाट निर्वाचित सांसद यादवले गत निर्वाचनमा संघीय समाजवादी फोरम र राजपा गठबन्धनलाई पर्सा जिल्लाको चारै रिट जिताउन महत्वपुर्ण योगदान दिएका थिए ।
बिरगञ्ज जांदा सांसद यादवकै घरमा बास बस्ने उपेन्द्र अहिले त्यही प्रदिप यादवलाई कारवाही गर्न तम्सेका छन् ।
तानासाही प्रवृतिले पार्टी चल्न सक्दैन भन्ने विगतका अनुभवलाई आत्मसात नगरेका उपेन्द्र आफुलाई पुनः एक निश्चित जातको नेताको रुपमा प्रस्तुत गर्ने गरेको देखिन्छ ।
पार्टीदेखि संघ र प्रदेश सरकार तथा विभिन्न आयोगहरुमा समेत आफ्ना पकेटका स्वजातिय व्यक्तिलाई मात्रै अवसर दिने उपेन्द्रको रवैयालाई मधेसमा रुचाईएको छैन् ।
संघीय सरकारमा पार्टीबाट ४ मन्त्री पठाउने क्रममा पार्टीलाई योगदान दिएका व्यक्तिलाई नभई जनमत नभएका व्यक्तिलाई आफ्नो एकल निर्णमा मन्त्री बनाएपछी सांसद प्रदिप यादवका समर्थकहरुले अध्यक्ष उपेन्द्रको बिरोध गरेका थिए ।
आफुले जति तानासाहि र एकलौटी निर्णय गर्दापनि पार्टीका नेता तथा सांसदहरु मुखदर्शक बनेर देखुन भन्ने उपेन्द्र प्रवृतिको बिरोध गर्ने सांसद यादवजस्ता नेता कार्यकताहरुलाई तह लगाउने रवैयाकै कारण उनि अहिले आफ्नै सहकर्मि गुमाउने अवस्थामा पुगेका हुन् ।
मधेसलाई मुल आधार बनाएर राजनिति गरेका उपेन्द्रले एकपछि अर्को गरि आफ्नो सहकर्मि गुमापछी अहिले आदिवासि जनजातिको साथ भनेर जनमत गुमाईसकेका अशोक राई र बाबुराम भट्टराईहरुलाई सांथ लिएर हिडेका छन् ।