नेकपा एमालेका नेता तथा पुर्वमन्त्री प्रभु साहका स्वकिय सचिव बिजय यादव निर्विज रौतहटको फतुवा विजयपुर नगर कमिटीको अध्यक्षमा निर्वाचित भएका छन् ।
सोमबार फतुवा विजयपुरमा सम्पन्न एमालेको प्रथम नगर अधिवेशनले ३० बर्षिय यादव सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।
नेकपा एमाले रौटहटको जिल्ला कमिटी सदस्य रहेका निर्विज चलपचत्रकर्मी संघ प्रदेश २ का अध्यक्ष समेत हुन । उनले राजनीतिशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन गरेका छन् ।
फतुवा बिजयपुर नगरपालिकाको सन्तपुर घर भएका निर्विज एमाले रौतहटको सबैभन्दा कम उमेरका नगर कमिटि अध्यक्ष हुन् ।
निर्विजसंगै कमिटीको उपाध्यक्षमा शेरबहादुर पटेल, सचिवमा उमाकान्त दाहाल, सहसचिवमा सञ्जुदेवी साह समेत सर्वसम्मत निर्वाचित भएका छन् ।