नेकपा (एमाले) का नेता महेश बस्नेतले १०औं राष्ट्रिय महाधिवेशनमा सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन्
। आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमार्फत नेता बस्नेतले आफूले सचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले आफूले पार्टीमा खेलेको भूमिकाको कारण पनि देशभरिबाट आउने महाधिवेशन प्रतिनिधिहरुले अत्यधिक मत दिने र विजयी बनाउने पनि विश्वास दिलाए ।
बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओली नै महाधिवेशनबाट सर्वसम्मत् अध्यक्ष हुने पनि दाबी गरे । उनले भने, ‘हाम्रो अध्यक्ष केपी ओलीलाई फादर अफ द नेशनको रुपमा युवाहरुले स्विकार गरेका छन्, यो महाधिवेशनलाई उहाँलाई सर्वसम्मत् अध्यक्ष बनाउँछ भन्नेमा म विश्वस्त छु ।’
अध्यक्षमा उम्मेद्धवारी घोषणा गरेका भीम रावललाई उम्मेद्धवारी फिर्ता गर्न पनि उनले सुझाव दिए ।