नेपाल बार एसोसिएसनले बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ ।
बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बिहीबार दिउँसो २ बजे सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्ने जानकारी दिए । उनले मार्चपासमा नागरिक समाजका सदस्यसमेत संलग्न रहने जानकारी दिए ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा धर्ना दिइरहेको बारले बिहीबार मार्चपास गर्न लागेको हो । यसैगरी बुधबार देशभरका १८ वटा उच्च अदालतमा धर्ना कार्यक्रमको आयोजना गर्ने बारका अध्यक्ष श्रेष्ठले बताए ।
प्रधानन्यायाधीशका गतिविधिलाई रोक्न बालुवाटारसम्म मार्चपास गर्नुपर्ने अवस्था आएको अध्यक्ष श्रेष्ठले बताए ।
बारले सोमबार मात्र प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन माग गर्दै विभिन्न दललाई पत्र बुझाएको थियो ।