सर्वोच्च अदालतमा आज ११ मुद्दामा मात्र फैसला भएको छ भने तीन मुद्दामा आदेश जारी भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मंगलबारका लागि एक एकलसहित नौ संयुक्त इजलासमा ५९२ मुद्दामा पेशी तोकेका थिए ।
सर्वोच्चका अनुसार आज पेशी तोकिएको मुद्दामध्ये ११ मुद्दामा फैसला, तीन वटा मुद्दामा आदेश जारी र ५७८ वटा मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ ।
आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको थियो ।