राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी महाधिवेशनमा नेता राजेन्द्रप्रसाद लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । लिङ्देनलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा, अभिनेत्री रेखा थापालगायतका नेताहरूको साथ रहेको छ ।
लिङ्देन राप्रपाका तर्फबाट एक मात्र प्रतिनिधिसभा सदस्य हुन् । उनले झापा क्षेत्र नम्बर ३ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए ।
राप्रपाको एकता महाधिवेशन मंसिर १५–१७ मा काठमाडौंमा हुँदैछ । त्यसका लागि करिब ४ हजार ५ सय प्रतिनिधि छनोट भइसकेका छन् ।