जनता समाजवादी पार्टी नेपाल (जसपा) ले पर्साबाट निर्वाचित सांसद प्रदिप यादवलाई सांकेतिक कारवाही गर्दै बिरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीको बढुवा गरेको छ ।
आईतवारदेखि काठमाडौंमा जारी जसपाको केन्द्रिय कार्यकारिणी समितिको बैठकले सांसद यादवलाई अनुसाशनको कार्यवाही गर्दै केन्द्रिय समितिबाट हटाएको जसपा श्रोतले जनाएको छ ।
केन्द्र सरकारमा मन्त्री पठाउने बिषयमा पार्टी अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेको भन्दै सांसद यादव समर्थकहरुले बिरगञ्जदेखि काठमाडौंसम्म बिरोध प्रदर्शन गरेका थिए ।
सांसद यादवका समर्थकहरुले पार्टीलाई उचाईमा पुर्याउने व्यक्तिलाई जिम्मेवारी नदिई आफ्नो पकेटका मान्छेलाई मन्त्री बनाएको भन्दै अध्यक्ष उपेन्द्रको पुतला समेत दहन गरेका थिए ।
उपेन्द्रको तिब्र बिरोध भएपछी जसपाले सांसद प्रदिप यादवलाई ७ बुंदे स्पष्टिकरण सोधेको थियो । सांसद यादवले अध्यक्ष उपेन्द्रको बिरोधमा कुनै गतिविधि नगरेको जवाफ पठाएका हुन ।
कार्यकारिणी बैठकमा अध्यक्ष उपेन्द्रले तिन पटक सांसद यादवलाई कार्यवाही गर्ने प्रस्ताव लगेपनी अन्य सदस्यहरुको बिरोधका कारण पास गराउन सकेनन् ।
उपेन्द्रको समर्थनमा सामसहाय यादव र बिजय यादव मात्रै भएपछि उनको योजना फेल भयो र सांकेतिक रुपमा केहिदिनका लागि सांसद यादवलाई केन्द्रिय सदस्यबाट निलम्बन गर्ने निर्णय गरिएको भरपर्दो श्रोतले बतायो । बैठकको निर्णय भने सार्वजनिक भईसकेको छैन ।
सांसद यादवलाई कार्यवाही गर्ने योजना कार्यकारिणी बैठकमै तुहिएपछी उपेन्द्रले उनलाई गृह जिल्लामै टक्कर दिन उनकै संसदिय क्षेत्रमा पर्ने बिरगञ्ज उपमहानगरपालिकाका मेयर तथा उधोगपती बिजय सरावगीलाई केन्द्रिय सदस्यमा भने मनोनित गर्न सफल भएका छन् ।
राजनितिक जनाधार नभएपनी सांसद यादवकै भरमा मेयर जितेका सरावगीले पार्टीलाई ठुलो आर्थिक सहयोग गर्दै आएका छन् ।
सांसद प्रदिप यादवका समर्थकले उपेन्द्रलाई बिरगञ्ज प्रवेशमा रोक लगाउने सम्मको धम्कि दिएपछी सरावगीलेनै उपेन्द्रलाई शुभकामना आदानप्रदानको नाममा बिरगञ्ज बोलाएका थिए ।
उपेन्द्र यादवको तत्कालिन संघीय समाजवादी फोरम दयनिय अवस्थामा पुगेपछी सांसद यादवले नै उनलाई बिरगञ्जमा आश्रय दिएर ठुलो जनआधार तयार गरेका थिए ।
मेयर विजय सरावगीलाई समेत पार्टीमा भित्राएका सांसद यादवले २०७४ को आम निर्वाचनमा फोरम–राजपा गठबन्धनलाई पर्सा जिल्लाको चारै क्षेत्र जिताउनुका सांथै प्रदेशसभा र स्थानिय निकायमा समेत पार्टीलाई मजबुत स्थितिमा ल्याएका थिए ।
तानाशाही प्रवृती र एकलौटीसाशन गर्न खोज्ने अध्यक्ष उपेन्द्र पटक–पटक आफ्ना जुझारु नेता कार्यकर्ताबाट टाढिंदै आएका छन् ।
यस पटक भने प्रदिप यादवलाई साईड लगाउने उनको योजना सफल हुनपाएन । स्वयम उपेन्द्र पुत्र अमरेन्द्र यादवले नै कार्यवाही गर्न हनुने दवाद दिएका थिए ।
एकल साशनका गरि पार्टी कब्जा गर्ने योजनाका कारण कार्यकारिणी समितिमा अल्पमतमा पर्दै गएका उपेन्द्रको यो ठुलो हार भएको राजनितिक जानकारहरु बताउंछन् ।