नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेको महाधिवेशन बहिष्कार गरेका छन् ।
एमालेको महाधिवेशन बहिष्कार गरेका प्रचण्ड शुक्रबार चितवनमा हुने उद्घाटनमा समारोहमा सहभागी हुने छैनन् ।
उक्त समयमा प्रचण्ड काभ्रेका दुई कार्यक्रममा सहभागी हुनेछन् ।
महाधिवेशनको उद्घाटनमा सहभागी हुन केही दिनअघि एमाले नेता राजन भट्टराईले प्रचण्ड निवास खुमलटार पुगेर निम्तो दिएका थिए ।
तत्कालीन अध्यक्ष हुँदाको समयदेखि नै केपी शर्मा ओली र प्रचण्डबीच मनमुटाव भएको थियो । अहिले अदालतको निर्णयपछि ओली एमाले र प्रचण्ड माओवादीको अध्यक्ष छन् ।
ओली–प्रचण्डबीच नेकपादेखिको मनमुटाव अहिलेसम्म पनि कायमै छ । त्यहीँ कारण प्रचण्डले एमाले महाधिवेशन बहिष्कार गरेको माओवादी स्रोतले जनाएको छ ।
प्रचण्डको निर्वाचन क्षेत्र चितवन भने चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु प्रचण्ड पुत्री हुन् । प्रचण्डले आफूलाई सिध्याउने योजनाअनुरुप एमालेले महाधिवेशन चितवनमा गरेको आरोप लगाउँदै आएका छन् ।
एमालेको महाधिवेशन समारोहमा कांग्रेस सभापतिसमेत रहेको प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टी (लोकतान्त्रिक) का महन्थ ठाकुर वा राजेन्द्र महतो जानेछन् ।
महाधिवेशनमा एमाले विभान गरेर नयाँ पार्टी गठन गरेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भने निम्तो नै दिइएको छैन । त्यसकारण नेपाल महाधिवेशनमा जाने छैनन् ।