प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै मार्चपास गरिएको छ ।
नेपाल बार, नेपाल पत्रकार महासंघ, नेपाल जनस्वास्थ्य संघ, नेपाल शिक्षक संघ, नेपाल इन्जिनियर्स एशोसिएसन र बृहत नागरिक आन्दोलनको अगुवाईमा सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गरिएको हो ।
मार्चपासको नेतृत्व नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र नागरिक अगुवा नारायण वाग्लेले गरेका छन् ।
मार्चमा सहभागीहरूले जबराको सम्पत्ति छानविन गर्न र महाअभियोग लगाउन माग गरेका छन् ।
जबराको राजीनामा माग गर्दै बारले मंसिर ७ गतेदेखि आन्दोलन गर्दै आएको छ ।