दार्चुलाको ब्यास गाउँपालिका १ छाङरु र तिंकरमा जनगणना गर्न गएको टोलीलाई बिहीबार नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुला सदरमुकाम खलंगा ल्याइएको छ । भारतले आफ्नो क्षेत्रको सडकबाट जान नदिँदा स्वदेशको बाटो भएर जोखिमपूर्ण यात्रा गर्दै चार दिन हिँडेर जनगणना टोली उक्त क्षेत्र पुगेको थियो ।
३ मंसिरमा दार्चुला सदरमुकाम खलंगाबाट उक्त क्षेत्रतर्फ गएको जनगणना टोली ६ मंसिरमा छाङरु पुगेर जनगणना सुरू गरेको थियो । तीन दिनमा छाङरु र तिंकरगाउँमा जनगणना गरी बिहीबार खलंगा फिर्ता भएको जनगणना गर्न गएका जनगणना कार्यालय दार्चुलाका सहायक जनगणना अधिकारी खगेन्द्रसिह कार्कीले जानकारी दिए ।