दार्चुलामा नेपाली काँग्रेसको जिल्ला अधिवेशन मतगणना स्थलमा दुई पक्ष बिच झडप भएको छ । सभापतिका उम्मेदवार ललितसिंह बोहरा र अमरसिंह धामी पक्षबिच झडप भएको हो ।
अमरसिंह धामी पक्षका एक नेताका अनुसार बोहरा पक्षले धामी पक्षका कार्यकर्ताहरूलाई मतगणना स्थलमा प्रवेश गर्न नदिएपछि झडप भएको हो ।
झडपमा धामी पक्षका केही कार्यकर्ताहरू घाइते भएका छन् । घाइते हुनेहरुमा राजेन्द्र विष्ट, सुरेश विष्ट, बसन्त बहादुर साउँद लगायत रहेको र उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको स्रोतले बताएको छ । तीन जनालाई बढी चोट लागेको र झन्डै एक दर्जन कार्यकर्ता घाइते भएका छन् ।