नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनलाई थाइल्यान्डको बैंककबाट उपचारका लागि चीनको सेन्जेन लगिएको छ ।
स्वास्थ्यमा सुधार नभएपछि पुनलाई बैंककबाट उपचारका लागि सेन्जेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेन लगिएको हो ।
बैंककको समितिभेज अस्पतालमा उपचार गरिरहेका चिकित्सकहरूले अब यहाँभन्दा थप उपचार गर्न नसक्ने र स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार नदेखिएकाले उपचारका लागि सेन्जेन लैजान सुझाव दिएका थिए ।
उनको त्यहाँ शुक्रबार दिउँसोदेखि नै उपचार सुरु हुने बताइएको छ । पुनसँग पूर्वसभामुख तथा उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला रहेका छन् ।
उनलाई विश्वमै बिरलै देखिने जटिल प्रकृतिको जण्डिस देखिएको छ । त्यसको उपचारलाई पुन गत असोज १३ गते बैंकक गएका थिए ।