प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल बार एशोसिएसनका पदाधिकारीसँग छलफल गरेका छन् ।
शुक्रबार प्रधानमन्त्री देउवाले बारका पदाधिकारीलाई बालुवाटार बोलाएर न्यायालयमा देखिएको विवादबारे छलफल गरेका हुन् ।
नेपाल बार एसोसिएसनका अध्क्षय चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा पदमुक्त हुनुपर्ने मागसहितको ज्ञापनपत्र प्रधानमन्त्री देउवालाई बुझाए ।
सो क्रममा देउवाले प्रधानन्यायाधीश जबरालाई लिएर जारी विवादको निकास छिट्टै निकाल्ने आश्वासन दिए । उनले गठबन्धनका दलसँग छलफल गरेर निकास निकाल्ने बताए ।
बारका पदाधिकारी र वरिष्ठ अधिवक्ताहरूले प्रधानन्यायाधीश जबराको बहिर्गमनको विकल्प नभएको प्रधानमन्त्री देउवासमक्ष राखे ।
बारले प्रधानन्यायाधीश जबरालेको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएको छ ।