नेकपा एमालेको १० औ महाधिवेशनको उदघाटन सत्रमा लोकतान्त्रीक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महंथ ठाकुरले मधेश आन्दोलनका बेला लगाईएको मुद्दा फिर्ता लिन माग गरेका छन् ।
एमाले अध्यक्ष केपि ओली सहित मञ्चमा उपस्थित प्रधानमन्त्री शेरबहादुर देउवालाईलाई ठाकुरले मधेशि नागरिक तथा नेताकार्यकर्तामाथी लगाईएको मुद्दा फिर्ता लिन र जेलमा बन्द कार्यकर्ताहरुलाई रिहा गर्न माग गरेका हुन् ।
केपि ओलि सरकारले मधेशिहरुमाथी उदारता देखाएर १ सय ३९ जनाको मुद्दा फिर्ता गरेको स्मरण गराउंदै ठाकुरले प्रधानमन्त्री देउवालाई मधेशी माथिको मुद्दा फिर्ता नलिए लाखौ मानिस सडकमा उतारेर आन्दोलन गर्ने धम्कि समेत दिए ।
महाधिवेशनको शुभकामना मन्तव्य राख्दै ठाकुरले एमाले अझै ठुलो पार्टी बनोस र देशको सेवा गरोस भन्ने कामना समेत गरेका छन् ।