प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संस्थागत गर्दै बलियो बनाउने जिम्मेवारी सबै राजनीतिक दलको रहेको बताएका छन् ।
शुक्रबार नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै कांग्रेस सभापतिसमेत रहेको प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् ।
उनले महाधिवेशको सफलताको शुभकामना दिँदै लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्ने अभियानमा भूमिका खेल्न एमालेलाई आग्रह गरे ।
उनले पार्टीबीच मत भिन्नता रहे पनि देश र जनतासँग जोडिएको विषयमा समान धारणा बनाउन सहकार्य आवश्यक रहेको रहेकोमा जोड दिए ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै आफू जेलमा बसेको र जेलमेट भएको स्मरण गरे ।