राजस्थानको जोधपुर जेलबाट आजीवन कारावारको सजाय भोगिरहेका एक अभियुक्तले आफ्नै नाबालिग छोरीलाई बलात्कार गरेर फरार भएको चकित पार्ने घटना सार्वजनिक भएको छ ।
आरोपीलाई जोधपुरको ओपर एपर जेलमा थुनिएको थियो । उनीमाथि हत्याको अभियोग लगाइएको थियो र उनी आजीवन कारावासको सजाय भोगिरहेको थिए । आरोपीले आफ्नी नाबालिग छोरीलाई पनि आफूसँगै राखेका थिए ।
उनकी श्रीमती पनि केही समय उनीसँगै जेलमा बसेकी थिइन् तर पछि उनले छोडेर गइन् । बुधबार पीडितले आमालाई फोन गरेर बुबाले बलात्कार गरेको घटना सुनाएपछि आमाले तुरुन्तै प्रहरीमा उजुरी दिएकी छन् ।
प्रहरी आरोपीको खोजी गरिरहेको छ ।