नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशका लागि आफ्नो पार्टीले आगामी चुनावमा एकल बहुमत ल्याउनुपर्ने बताएका छन् ।
एमालेको १०औं महाधिवेश उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अब चुनावको तयारीमा लाग्ने समेत बताए ।
उनले भने, ‘एमालेका लागि हैन, देशका लागि एमालेले एकल बहुमत ल्याउनुपर्ने छ । विकास लहर चलाउनका लागि, विकसित देश बनाउन, छोटो समयमै सम्बृद्ध देश बनाउन एमालेले बहुमत ल्याउनुपर्नेछ । त्यसका लागि लाग्न सम्पूर्णमा आग्रह गर्दछु ।’
उनले कालीपानी र लिम्पियाधुराको जमिन वार्ताको माध्यमबाट समाधान गरिनुपर्नेमा जोड दिए ।
ओलीले आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन गर्न सकिने बताए ।
उनले भने, ‘पहिले जस्तो ४० प्रतिशत हैन, अब ५० प्रतिशत भन्दा बढी स्थानीय तहमा एमालेले जित हासिल गर्छ ।
उनले फागुनसम्म पार्टी प्रवेशको कार्यक्रम देशभरि चल्ने जानकारी दिए । उनले भने, ‘एमालेमा दैनिक प्रवेश कार्यक्रम भइरहेको छ । आज यहाँ लाखौं मानिस एमालेमा प्रवेश गर्नुहुन्थ्यो, सम्भव हैन, यो कार्यक्रम त्यसका लागि हैन, फागुनसम्म प्रवेशका कार्यक्रम देशभरि चल्नेछन् ।’
उनले महाधिवेशनपछि पूर्व लडाकु प्रवेश गर्न लागेको घोषणा गरे । साथै, उनले पूर्व लडाकुको व्यवस्थापन गर्ने समेत बताए ।