नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्रै हुने भएको छ ।
आज १० गते हुने भनिएको जिल्ला अधिवेशन सुदूरपश्चिम प्रदेश अधिवेशनका कारण महाधिवेशनपछि हुने गरेर सारिएको जिल्ला सभापति नरनारायण शाह मनुले बताए ।
मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशन धनगढीमै हुने भएकोले दुईवटा अधिवेशनको तयारी गर्न गाह्रो हुने भएकोले पनि अधिवेशन सारिएको सभापति शाहले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताए । यसैवीच सभापति शाहले अर्को सूचना जारी नहुँदासम्मका लागि जिल्ला अधिवेशन स्थगित गरेको जनाएका हुन् ।