मध्य प्रदेशको जबलपुर शहरमा एक ३० बर्षीय पुरुषले आफ्नी भाउजुको हत्या गरेका छन् ।
मृतकले फोनमा कुरा गर्ने व्यक्तिको नाम नबताएपछि उनले हँसियाले प्रहार गरेर आफ्नी भाउजुको हत्या गरेको प्रहरीले जनाएको छ ।
हनुमन्तल इलाकाका आरोपी राजा चक्रवर्ती हँसिया लिएर प्रहरी चौकी पुगेपछि घटना सार्वजनिक भएको हो । हनुमन्तल प्रहरी चोकीका इन्सपेक्टर उमेश गोलानीका अनुसार चक्रवर्तीले आफ्नो भाइकी ३२ बर्षीय श्रीमती रोशनीको घाँटी काटेर हत्या गरेका हुन् ।
रोशनी कसैसँग फोनमा कुरा गरीरहेको बेला उक्त घटना भएको हो । घटनाको समयमा पीडितका श्रीमान्, छोराछोरी र परिवारका अन्य सदस्य घरमा थिएनन् । हाल यस वषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।