डोटीको दिपायलस्थित सेती नदीमा हामफालेर एक महिला बेपत्ता भएकी छन् । आज दिउँसो नदीमा हाम फालेर बेपत्ता भएकी महिलाको खोजी कार्यका लागि प्रहरी टोली परिचालन गरिएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताए ।
“नदीमा हाम फालेर बेपत्ता भएकी महिलाको खोजीका लागि प्रहरी सहायक निरीक्षकको कमाण्डामा सात जना प्रहरी टोली र सशस्त्र प्रहरी टोली खटिएको छ, भेटाउन सकिएको छैन् ,” उनले भने ।
पक्कि पुलबाट हाम फालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका जवान केशब खड्काले देखेपछि इलाका प्रहरी कार्यालयमा खबर गरेको तथा हाम फाल्ने महिलाको नाम र ठेगाना नखुलेको प्रहरी नायब निरीक्षक थापाले जानकारी दिए ।