नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नेकपा एमालेको महाधिवेशनका नाममा चितवनको नारायणी किनारमा ‘ओलीवेशन’ भइरहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आफूपक्षीय जिल्ला सभापतिका उम्मेदवार सबुजकृष्ण बानियाँको उम्मेदवारी घोषणासभामा बोल्दै थापाले सो कुरा बताएका हुन् ।
उनले भने, ‘त्यहाँ सबै बा’का छोराछोरीहरू मात्रै छन् । त्यहाँ सबै बा ! बा ! मात्रै भन्छन् । आज नारायणी किनारमा अधिवेशन भइरहेको छैन, कसले ओली बा’को पाउमा तेल राम्रोसँग दल्न सक्दछ भन्ने प्रतिस्पर्धा भइरहेको छ । त्यो ‘ओलीवेशन’ हो ।’
उनले कांग्रेसको अधिवेशन र एमालेको ओलीवेशनबीच धेरै फरक रहेकोले अलमलमा नपर्न आग्रह गरे ।