नेकपा एमालेमा सर्वसम्मत नेतृत्व चयनको प्रयास स्वरुप अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारी देखि केन्द्रीय सदस्यसम्म छान्ने अधिकारी दिइएको छ ।एमाले महाधिवेशनको बन्दसत्रमा विष्णु पौडेलले उक्त प्रस्ताव गरेका हुन् । पौडेलको प्रस्तावमा हलले समर्थन जनाएको थियो ।
जारी महाधिवेशनमा नेकपा एमालेले सर्वसम्मतिमा नेतृत्वको चयनका लागि प्रयास गरिरहेको छ ।यसैबिच अध्यक्षका दावेदार भीम रावलले आफ्नो फरक मत रखेका छन् । एमालेमा पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार अध्यक्ष ओलीलाई दिन निर्णयमा नेता भीम रावलले आपत्ति जनाएका हुन् ।
‘हामीले विधानमा के लेख्यौं भनेर हेक्का राख्नुपर्छ । हामी केही बसेर विधान संशोधन गर्यौं भन्न मिल्दैन,’ उनले भने, ‘कि त विधानमा अब आइन्दा निर्वाचन हुने छैन लेख्नुपर्यो ।’ लोकतान्त्रिक परिपाटीलाई यसरी छोड्नु जबजको अवमूल्यन हुने उनले बताएका छन् ।