नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनको बन्दसत्र परिसरमा अध्यक्षका दाबेदार भीम रावलको पर्चा बाँड्न रोक लगाइएको छ ।
महाधिवेशनको बन्दसत्र परिसरमा खटिएर स्वयमसेवकले रावलको पर्चा बाँड्न रोक लगाएका हुन् । उनीहरुले रावलका पर्चा बाँड्नेहरुबाट पर्चा खोसेका छन् ।
रावल पक्षधरले ‘मेरो उम्मेदवारी किन ?’ लेखिएको पर्चा बन्दसत्र हलको गेटमै पुगेर बाँडिरहेका थिए । आचारसंहिताविपरीत भएको भन्दै हातमा बोकेर बन्दसत्र हुने हल भित्र छिर्न लागेका रावलका कार्यकर्ताको साथबाट स्वयंसेवकले पर्चा खोसेका हुन् ।
साथै, रावलको पर्चा बाँड्नेहरुलाई एमाले स्वयंसेवकले बाहिर निकालेका छन् ।
आजको बन्दसत्रले केपी शर्मा ओलीलाई सर्वसम्मत अध्यक्ष चयन गर्ने तयारी छ । तर रावलले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।