आईसीसी टी–२० महिला विश्वकपको एसिया छनोटमा युनाइटेड अरब इमिरेट्स (युएई)ले नेपाललाई एक सय २८ रनको लक्ष्य दिएको छ ।
युएईले २० ओभरमा पाँच विकेट गुमाउँदै नेपाललाई एक सय २८ रनको लक्ष्य दिएको हो ।
युएईका लागि चमानी सेनेविरत्नले ५२, थ्रिथा सतिसले ४७ रकाभिसा गोदागेले २२ रन बनाइन् । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि बलिङमा संगिता राई, कविता कुवँर, सबनम राई र सिता रानामगरले एक एक विकेट लिइन् ।
१५ ओभरभित्रै खेल जितेको खण्डमा नेपाल पहिलो पटक आईसीसी टी–२० महिला विश्वकपको ग्लोबल क्वालिफाएरमा छनोट हुनेछ ।