नेपाली काँग्रेसको निर्वाचन क्षेत्र नंं ३ को आज सम्पन्न भएको क्षेत्रीय अधिवेशनबाट नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि सर्वसम्मतिले महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।
क्षेत्रीय अधिवेशनबाट क्षेत्र नंं ३ का क्षेत्रीय सभापतिमा धिरेन्द्र निधि सर्वसम्मतिले निर्वाचित भएका हुन् । यसै गरी निधि पत्नी अनामिका निधि पनि महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।
यसै गरी प्रदेश नंं २ का भौतिक पूर्वाधार विकासमन्त्री एवं संसदीय दलका नेता रामसरोज यादव, नेपाली काँग्रेसका केन्द्रीय सदस्य मिनाक्षी झा, प्रतिनिधि सभाका सदस्य स्मृतिनारायण चौधरी, प्रदेश नंं २ का प्रदेश सभाका सदस्य शिवचन्द्र चौधरी, प्रमीला दास पनि सर्वसम्मतिले निर्वाचित भएका छन् ।
क्षेत्रीय अधिवेशनबाट काँग्रेसका पुराना नेता दिगम्बर राय, प्रफुल्ल राज घिमिरे, किशोरी साह, सुरेन्द्र चौधरी, गणेश तिवारी, सुरेन्द्र चौधरी, दिपेशचन्द्र दीपक, रामबाबु यादव, सञ्जय गुप्ता, जिवनाथ चौधरी, कन्हैया कर्ण, बजरंग साह, निलम कर्ण, सम्झना वर्मा, विजेता झा, मोहम्मद सोयव सहितका व्यक्तिहरू सर्वसम्मतिले निर्वाचित भएका हुन् ।