नेकपा एमालेको जारी महाधिवेशनअन्तरगत निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन प्रक्रियाअन्तरगत विभिन्न पदका लागि मनोनय दर्ता भइरहेको छ ।
पछिल्लो कार्यतालिका अनुसार बिहान ८ बजेदेखि ९:२० बजेसम्म उम्मेदवारलाई दरखास्त फारम वितरण गरिनेछ । यस्तै ८ बजेदेखि बिहान ९:३० बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ ।
बिहान १०:३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिए। बिहान १०:३० देखि १०: ४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ भने १० :५० बजे उजुरीउपर छानबिन र निर्णय हुनेछ ।
यस्तै बिहान ११ :५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइनेछ । बिहान १२ :५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र साँझ ९ बजेदेखि मात्रै मतदान सुरू हुनेछ। पदाधिकारीको सूचीमा नपरेका भीम रावलले अध्यक्षमा र घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने बताइरहेका छन् । यसअघि आइतबार राति नै मतदाता नामावलीदेखि उम्मेदवारीको काम सक्ने गरी प्रकाशन गरेको निर्वाचन कार्यतालिका तत्कालै संशोधन गरिएको थियो।