सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सोमबारका लागि आठ इजलास तोकेका छन् ।
प्रधानन्यायाधीश जबराले आजका लागि एक एकलसहित सात संयुक्त इजलास तोकेका हुन् ।
आठ इजलासमा ३०२ मुद्दामा पेशी तोकिएको सर्वोच्चले जनाएको छ । आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दामा पेशी तोकिएको छ ।
प्रधानन्यायाधीश जबराले न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशकुमार ढुंगाना, मीरा खड्का र हरिप्रसाद फुँयाल, हरिकृष्ण कार्की र कुमार रेग्मी, विश्वम्भरप्रसाद श्रेष्ठ र डा. मनोजकुमार शर्मा, डा. आनन्दमोहन भट्टराई र डा. कुमार चुडाल, बमकुमार श्रेष्ठ र नहकुल सुवेदी तथा तेजबहादुर केसी र सुष्मालता माथेमाका लागि संयुक्त इजलास तोकेका छन् ।
साथै, टंकबहादुर मोक्तानका लागि एक इजलास तोकिएको सर्वोच्चले जनाएको छ ।