नेकपा एमालेको जारी १० औं महाधिवेशमा अध्यक्षसहित १४ पदाधिकारीमा निर्वाचन हुने भएको छ ।
अध्यक्ष, उपाध्यक्ष, सचिवलगायतका पदमा १४ पदाधिकारीका लागि निर्वाचन हुने लागेको निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिए ।
वरिष्ठ उपाध्यक्ष, महासचिव र ३ उपमहासचिवका पदमा भने निर्विरोध नेतृत्व चयन भइसकेको छ ।
पार्टी अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुँदैछ ।
ओलीले उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवास नेम्वाङको नाम सिफारिस गरेका थिए । तर, घनश्याम भुसालले पनि उम्मेदवारी दिएपछि उपाध्यक्ष पदाका लागि चुनाव हुने भएको हो ।
यसैगरी, सचिवमा ओलीले प्रस्ताव गरेका टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छबिलाल बिश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिष्ट र पद्मा अर्यालको नामप्रति असहमति जनाउँदै भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि सो पदमा पनि प्रतिस्पर्धा हुने भएको हो ।