नेकपा एमालेको जारी १०औं महाधिवेशमा अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारीमा नपरेका नेता लालबाबु पण्डितले कार्यकारी पदबाट बिदा लिएका छन् ।
ओलीले घोषणा गरेको पदाधिकारीमा नसमेटिएका पण्डित केन्द्रीय सदस्यमै सीमित छन् । पण्डितले पार्टीको केन्द्रीय सदस्य पनि पद अस्वीकार गरेका छन् । पूर्व मन्त्री पण्डित यसअघि पनि केन्द्रीय सदस्य थिए ।
ओलीले घोषणा गरेको पदाधिकारीमा नपरेपछि उनले सामाजिक सञ्जालबाट आजदेखि पार्टीको सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको घोषणा गरेका छन् ।
उनले भनेका छन्, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै १०औं महाधिवेसनबाट सम्पूर्ण विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना ।’
उनीनिटक स्रोतका अनुसार पण्डितले पदाधिकारीमा आउन चाहेको इच्छा ओली समक्ष राखेका थिए । तर, पदाधिकारीमा नसमेटिएपछि अध्यक्ष ओलीसँग रिसाउँदै पार्टीको सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको घोषणा गरेको बताइएको छ ।
उपाध्यक्षका दावेदार पण्डितको नाम ओलीको सूचीमा परेको थिएन । पार्टीको नवौँ महाधिवेशनमा उनले उपाध्यक्ष पदमा माधवकुमार नेपाल समूहबाट चुनाव लडेका थिए । तर पराजित भएका थिए ।
अहिले उनी संघीय सांसद छन् । उनले मोरङमा कांग्रेस नेता शेखर कोइरालालाई पराजित गरेका थिए ।