इजलास बहिष्कार र बारको आन्दोलनविरुद्ध सडक नाटक गरिएको छ ।
इजलास बहिष्कार र बारको आन्दोलनविरुद्ध सोमबार बानेश्वरमा स्वतन्त्र कानून व्यवसायीहरूको आयोजनामा सडक नाटक देखाइएको हो ।
सर्वोच्च अदालतका १९ न्यायाधीस र नेपाल बारको आन्दोलनका कारण सर्वोच्च ठप्प भएको र पीडितले न्याय नपाएको दुखेको नाटकमा देखाइएको थियो । उनीहरूले सडक नाटकमार्फत न्याय मर्न नदिन, अदालतलाई बन्धक नबनाउन सर्वोच्च अदालतका १९ न्यायाधीस र नेपाल बारलाई आग्रह गरेका छन् ।
न्यायका लागि अदालतमा आएपनि इजलास बहिष्कार र बारको आन्दोलनका कारण जनताले न्याय नपाएर दुख पाएको विषय वस्तुलाई नाटकमार्फत प्रस्तुत गरियो ।
नाटकमार्फत इजलास बहिष्कार गर्ने न्यायधिश मुर्दावाद, बेन्च बहिष्कार अन्य गर, मुद्दा हेर्न नदिने वकिल मुर्दावाद, अदालतमा पस्न नदिने वकिल मुर्दावाद, दबाबको शासन अन्त्य गर, विधिको शासन कायम गरलगायतको नारा लगाइएको थियो ।
नाटकमा हाल न्यायालयको देखिएको समस्याको यथार्थ चित्रण गरिएको थियो ।