आउंदो मंसिर १५ गतेदेखी १९ गतेसम्म आयोजना हुने राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने कमल थापाले घोषणा गरेका छन् ।
काठमाडौंमा आज एक कार्यक्रमको आयोजना गरेर थापाले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
राप्रपालाई देश र जनताप्रती समर्पित पार्टीको रुपमा स्थापित गराउने अठोटका सांथ आफुले अध्यक्ष पदमा उम्मेदवारी दिने थापाले बताए ।
भविष्यमा राप्रपालाई कहिल्यैपनी विभाजन हुन नदिने दृढताका सांथ उम्मेदवारीदिने थापाले बताए । उनले आफुलाई पार्टीका नेताहरु नेताहरु लोकेन्द्र बहादुर चन्द, विश्वबन्धु थापालगायतको समर्थन रहेको बताए ।
यसअघी राप्रपाका सिनियर नेता राजेन्द्र लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
यता कमल थापाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिरहंदा पार्टीका अर्का बरिष्ठ नेता पशुपतिशमशेर जबराले सक्रिय राजनितिबाट बिश्राम लिने मनसाय बनाएका छन् ।
पार्टीको आगामी महाधिवेशनमा कुनैपनी पदमा प्रतिस्पर्धा नगर्ने निर्णयका सांथ उनले विश्राम दिने जबराको सचिवालययले जनाएको छ ।
आफुले कुनैपनि पदमा उम्मेदवारी नदिएपनी कसलाई सपोर्ट गर्ने भन्ने बारे उनले खुलाएका छैनन्