सरकारले १० जना सचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १० जना सचिवको सरुवा गरेको हो। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एक नारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ। यस्तै सामान्य प्रशासनमा निर्वाचन आयोगका सचिव सुरेश अधिकारी आएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाको शिक्षा मन्त्रालयमा सरुवा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेश्वर न्यौपाने पर्यटनमा पठाइएका छन्। सहरी मन्त्रालयका विवादित सचिव रमेश सिंहलाई (अतिरिक्त)जगेडामा, ऊर्जा आयोगका सचिव मणिराम गेलाललाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ।
त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र शिक्षा विज्ञान तथा प्रविधि(शिक्षा) सचिव राम प्रसाद थपलियालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ। वित्त आयोगका गोकर्णमणि दुवाडीलाई निर्वाचन आयोग र प्रधानमन्त्री कार्यालयका सचिव भरतमणि सुवेदीलाई वित्त आयोगमा सरुवा गरिएको जनाइएको छ।