प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना संक्रमण देखिएपछि बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ)अस्पताल भर्ना भएका छन् ।स्रोतका अनुसार सोमबार साँझ एपीएफ अस्पताल बलम्बुमा उनी भर्ना भएका हुन् ।
आइतबार प्रधानन्यायाधीश जबराका एक जना पारिवारिक सदस्यलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका राणाले सोमबार दिउँसो स्वाब परीक्षण गराएका थिए । त्यसको केही घण्टामा उनको रिपोर्ट कोभिड पोजिटिभ आएको थियो ।