बहुप्रतिक्षित जनकपुर–जयनगर रेल सेवा तत्कालै सञ्चालन गर्न माग गर्दै लोकतान्त्रीक समाजवादी पार्टी नेपाल (लोसपा) ले प्रदेश २ का प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
आज प्रदेश प्रमुख हरिशंकर मिश्र र मुख्यमन्त्री लालबाबु राउतलाई छुट्टाछुट्टै ज्ञापन पत्र बुझाउँदै लोसपाका नेताहरुले जनकपुर–जयनगर रेल सेवा तत्कालै सञ्चालन गर्न माग गरेको हो ।
जनकपुरधाममा प्रत्येक वर्ष आयोजना हुँदै आईरहेको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पर्व केहीदिन पछी रामजानकी विवाहोत्सव (विवाह पञ्चमी) नजिकिदै गएकोले सो अवागै रेल सेवा सञ्चालन गर्न माग गरिएको लोसपा नेता उमेश मण्डलले नेपालिपब्लिकलाई जनाए ।
नेपाल–भारतल गायत विश्वभरी रहेका हिन्दुहरुको आस्थाको पर्व त्यसबाट सृजित हुने धार्मिक पर्यटनलाई बठावा दिन रेन सेवा महत्वपुर्ण रहेको भन्दै तत्कालै सञ्चालनको माग गरिएको हो नेता मण्लले बताए ।
प्रदेश प्रमुख मिश्र र मुख्यमन्त्री गद्दीलाई बुझाईएको ज्ञापनपत्रमा ‘जनकपुर–जयनगर रेल सेवाले धार्मिक आयोजनामा आस्थावान भक्तजन तीर्थालुहरुको यात्रामा अहम भुमिका निर्वाह गर्दै आएको थियो र आगामी दिनमा समेत महत्वपूर्ण योगदान दिने निश्चित छ । तर, यसको सञ्चालन षड्यन्त्रको सिकार भएको छ । सबै कुरो तयारी अवस्थामा रहे पनि राज्यको बक्रदृष्टिका कारण सञ्चालन भइरहेको छैन, जसले गर्दा जनकपुर क्षेत्रको समग्र विकास समेत प्रभावित भइरहेको छ ।’ भनी उल्लेख गरिएको छ ।
जनकपुर–जयनगर रेल सेवा सञ्चालनमा आएपछी जनकपुरधाम नेपालको व्यापारिक केन्द्र बन्ने, रोजगारका ठूला अवसरहरु खुल्ने, पर्यटकको विकास हुने, उद्योगधन्धा खुल्न, जनकपुरधाम यातायातको केन्द्र बन्नेजस्ता कुरासमेत निश्चित हुँदाहुँदै पनि यसमा जानाजान अटेर भइरहेको र इन्जन, बोगी, ट्रयाकलगायत बिग्रिन थालेकोले हाम्रो ध्यान आकर्षित भएको ञपनमा उल्लेख गरिएको छ ।
रेल सेवा सञ्चालन भए नेपाल–भारत सम्बन्ध अझ प्रगाढ हुने, वैश्विक व्यापारसँग नेपाललाई जोड्ने साधनको रुपमा उपयोग हुने, नेपाल–भारतका जोडिएका दुवैतिरका क्षेत्र विकसित हुने, धार्मिक र पर्यटनमा बढोत्तरी हुने समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री लालबाबु राउत गद्दीले आफुहरु सिघ्र रेल सेवा सञ्चालका लागि तयार रहेपनी केन्द्र सरकारको ढिलासुस्तीले सञ्चालनमा नआएको बताए ।
मुख्यमन्त्री गद्दीले केन्द्र सरकारको प्रदेश २ प्रतिको कुदृष्टीकै कारण त्यस्तो बहुआयामिक योजनाको शुरुवात नगरिएको आरोप लगाए ।
ज्ञापन पत्र बुझ्दै प्रदेश प्रमुख मिश्रले भने रेल सेवाको तत्कालै सञ्चालनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने आश्वासन दिए ।