जनताबाट निर्वाचित जनप्रतिनिधिले राम्रो काम गरे जनताले सराहेको त देख्नुभएकै होला, तर भोट लिएर आफुलाई छोटे राजा ठान्ने त्यही जनप्रतिनिधिलाई जनताले केसम्म गर्दोरैछन भन्ने कुरा धनुषाका जनताले देखाएका छन् ।
घटना धनुषाको धनौजी गाउंपालकिाको हो । उक्त गाउंपालिकाको वडा नं.४ का अध्यक्ष कलिम साफीले वडामा आएको बिकाश निर्माणका बजेटलाई अनियमित तरिकाले खर्चेर भ्रष्टाचार गरेको भन्दै उनको तस्विरलाई बाख्राको घांटीमा झुण्ड्याएर गाउं परिक्रमा गरेका छन् ।
साफि बिरुद्ध वडावासिले बाख्रा जुलुसनै निकाली नयां तरिकाले बिरोध गरेका हुन । वडाध्यक्ष साफिले वडामा आएको बजेट मनपर्दी गरेको र सडक, नाला तथा अन्य आवश्यक क्षेत्रमा पैसा खर्च नगरेर भ्रष्टाचार गरेको आरोप वडावासिहरुले लगाएका हुन् ।