दक्षिण अफ्रिकामा भेटिएको कोरानाको नयाँ भेरियन्टले विश्वलाई चकित बनाएको छ ।
कोरोनाको यो नयाँ भेरियन्टलाई भेरियन्ट अफ कन्सर्नको क्षेणीमा राख्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले यसलाई ओमिक्रोन नाम दिएको छ । यो कोरोनाको अहिलेसम्मकै सबैभन्दा उत्परिवर्तीत संस्करण हो । यसकारण वैज्ञानिकहरुले यसलाई डरलाग्दो भनेका छन् ।
यो भेरियन्टलाई भारतमा दोस्रो लहर र विश्वका धेरै देशहरुमा तेस्रो लहर निम्त्याएको डेल्टा भेरियन्टभन्दा बढी म्युटेशनल र छिटो फैलिने भनिएको छ ।
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबारेमा बढ्दो चिन्ताका बीचमा भारतले विदेशबाट भारत आउने यात्रुहरुका लागि नयाँ दिशानिर्देश जारी गरेको छ । यस अनुसार अब एयर सुविधा पोर्टलमा रेहको स्वघोषणा फाराममा सबै विदेशी यात्रुले उडानमा चढ्नुअघि आफ्नो १४ दिनको यात्राको जानकारी दिनुपर्नेछ ।
जोखिममा रहेको मुलुकबाट आउने यात्रुका लागि देशका प्रत्येक विमानस्थलमा छुटै एरिया निमार्ण गरी आरटी पीसीआर परीक्षणको नजिता पर्खने पनि निर्देशिकामा भनिएको छ । सबै विमानस्थलमा थप आरटी पीसीआर सुविधा पनि निर्माण गरिनेछ ।
यसैबिच, कोरोना ओमिक्रोन संस्करणको बारेमा बढ्दो चिन्ताका बीच कर्नाटकका स्वास्थ्यमन्त्री के सुधाकरले दक्षिण अफ्रिकाबाट भर्खरै बैगलोर आएका दुई मध्ये एकको नमूना डेल्टा भेरियन्ट भन्दा फरक रहेको बताएका छन् । दक्षिण अफ्रिकाबाट फर्किएका एक व्यक्तिमा महाराष्ट्रको ठणेमा कोरोना संक्रमण देखिएको छ ।
पाकिस्तान पनि ओमिक्रोनलाई लिएर चिन्तित छ । पाकिस्तानका योजना मन्त्रीले देशवासीलाई छिटोभन्दा छिटो खोप लगाएर आफ्नो र आफ्नो परिवारको सुरक्षा सुनिश्चित गर्न अपिल गरेका छन् । यसैलाई ध्यानमा राख्दै पाकिस्तानले ६ देशमा यात्रा प्रतिबन्ध पनि लगाएको छ ।
यसैबिच, अमेरिकी राष्ट्रपति जो बाइडनले मानिसहरुलाई सल्लाह दिएका छन् कि यसलाई चिन्ताको कारण मान्नुपर्दछ तर डराउनु पर्ने कारण छैन । उनले कोरोनाको खोप छिटो भन्दा छिटो लिन सबैमा आग्रह गरेका छन् ।
ओमिक्रोनको उत्परिवर्तनका बारेमा अमेरिकी स्वास्थ्य विभागका अधिकारीहरुले खोप बनाउने विज्ञहरुसँग कुराकानी गरिरहेका छन् ताकि ओमिक्रोनको उत्परिवर्तनलाई रोक्न तयारी गर्न सकियोस् ।
यद्यपी, उनले अमेरिकाले लकडाउन वा यात्रा प्रतिबन्ध नलाइकन ओमिक्रोन भेरियन्टलाई जित्नमा सक्षम रहेको दाबी गरेका छन् ।
अमेरिकाले हालसम्म ८ अफ्रिकी देशको यात्रामा विभिन्न प्रतिबन्ध लगाएको छ ।