सरकारी वकिल कार्यालययले मिर्चैया नगरपालिका प्रमुख (मेयर) श्रवण कुमार यादवलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सिराहालाई निर्देशन दिएको छ ।
कोरोना माहामारीको बेला राहत बितरण गर्ने क्रममा स्थानियलाई आक्रमण गरेर ज्यान मार्ने योजना बनाएको अभियोगमा अनुसंधान का निम्ति मेयर यादवलाई पक्राउ गर्न सरकारी वकिल कार्यालयले निर्देशन दिएको हो ।
कोरोना माहामारीको बेला स्थानिय बिजय कुमार यादवको समुहले राहत बितरण गरिरहेको बेला मेयर यादवको समुहले ज्यानमार्ने अभिप्रायले आक्रमण गरेर हांथ भाचेको आरोपमा पक्राउ गर्न निर्देशन दिईएको जिल्ला सरकारी वकिलको कार्यालय सिराहाले जनाएको छ ।
यसअघि सोहि घटनामा जिल्ला अदालत सिराहाले मेयर यादवलाई सार्वजनिक अपराधको मुद्दामा २ हजार रुपैया दण्ड जरिवाना गरिसकेको छ ।
ज्यान मार्ने उधोगको मुद्दामा मेयर यादवका सहयोगी शिवशंकर कापरीलाई यसअघी २५ दिन थुनामा राखि तारेखमा छोडिएको छ ।
घटनाको थप अनुसंधान गर्ने अभिप्राययले मेयर यादवलाई पक्राउ गरी हाजिर गर्न जिल्ला अदालतको आदेश अनुसार सरकारी वकिल कार्यालयले प्रहरीलाई निर्देशन दिएको जनाईएको छ ।