सौराहमा जारी नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत सम्पन्न मतदानको दिउँसो १ बजेदेखि मतगणना भइरहेको छ ।
मतगणनामा सहभागी स्रोतका अनुसार अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले १८४० मत ल्याउँदै अध्यक्षका अर्का उम्मेदवार डा.भीम रावललाई पराजित गरे । रावलले २२३ मत मात्रै पाए ।तर, यसबारे निर्वाचन आयोगले औपचारिका घोाषणा गरिसकेको छैन ।
महाधिवेशनमा दुई हजार ९६ जनाले मतदान गरेका थिए । एमाले महाधिवेशनमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए । महाधिवेशनअन्तर्गत विभिन्न ५० पदका लागि मतदान भएको थियो ।
महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिवसहित केन्द्रीय सदस्यहरुका लागि मतदान गरिएको थियो । खुला केन्द्रीय सदस्य, खुला महिला केन्द्रीय सदस्यसहित केही समावेशी पदमा मतदान भएको थियो ।
अन्य पदको मतगणना भइरहेको छ ।