कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज (बुधबार) विश्वासको मत लिँदै छन्। आज दिउँसो एक बजे बस्ने प्रदेश सभा बैठकमा शाहीले विश्वासको मत लिन लागेका हुन् ।
हिजोको प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पार्टीको महाधिवेशनका कारण उपस्थित हुन नसकेपछि शाहीले आज विश्वासको मत लिन लागेका हुन् ।
कानुनअनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । शाही नियुक्त भएको आज २९ दिन भइसकेको छ । शाही गत कात्तिक १६ गते मुख्यमन्त्री भएका थिए।