महिला हिंसाबिरुद्धको १६ दिने अभियान सञ्चालन भएकै दिन बाराको एक नगरपालिकाका कार्यालय सहयोगी (पियन) ले महिला कर्मचारीमाथी बलात्कारको प्रयास गरेका छन् ।
बाराको पचरौता नगरपालिककोा केन्द्र बेनौली स्थित नगरपालिका कार्यालयमा कार्यरत २२ वर्षिय महिला कर्मचारीमाथी सोही नगरपालिकामा कार्यरत पियन संजय पासवानले बलात्कारको प्रयास गरेका हुन् ।
राजनितिक कारणले हाल सेवा प्रवाह नभईरहेको बेनौली स्थित कार्यालय नजिकै डेरा गरी बस्ने उद्दम बिकाश कार्यक्रम सहजकर्ताको रुपमा कार्यरत कैलाली जिल्लाकी चौधरी थर भएकी महिला उपर पचरौता नगरपालीका ७ बेनौली स्थायी धर भएका पासवानले बलात्कारको प्रयास गरेको आरोप पिडित महिलाका आफन्तले लगाएका हुन् ।
नगरपालिकाको एकान्त स्थानमा रहेको कार्यालयमा विहिवार कार्यालयको कागजात लिन गएकी महिलालाई पछ्याएका पासवानले कार्यालय भित्र पसी पछाडीबाट समातेर बलात्कारको प्रयास गरेको आरोप पिडिताका आफ्न्तले लगाए ।
पिडित महिलााले पासवान विरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी दिएपछी घटना बाहिर आएको हो ।
पचरौता नगरपालीकाका मेयर रमेश कुमार यादवको करिबी मानिने आरोपित पासवान अहिले गायब छन् ।
पिडिताले घटना भएपछी नगरपालिका कार्यालय अन्तर्गतै कार्यरत कर्मचारीहरुलाई घटनाबारे जानकारी दिएकी थिईन । सहकर्मि कर्मचारीहरुले सोबारे मेयर यादव तथा निमित्त प्रमुख प्रशासकिय अधिकृतलाई जानकारी गराउंदा उनिहरुले उल्टै थर्काएर पठाएको आरोप पिडित महिलाका आफन्तले लगाएका छन् ।
घटनालाई छामछुम पार्न नगरपालिकाका जिम्मेवार व्यक्ति तथा वडाध्यक्षहरु लागिपरेको समेत खबर प्राप्त भएको छ ।
श्रोतका अनुसार केही व्यक्तिले पिडित महिलालाई घटना सामसुम पार्न जाहेरी नदिए २ लाख रुपया नगद तथा एउटा स्कुटी दिने समेतको ‘अफर’ गरेका थिए, तर महिलाले त्यो प्रस्ताव स्विकार गरिनन् ।
यता महिला कर्मचारीमाथी बलात्कार घटनाबारे जानकारी प्राप्त भएको तर के भएको हो भनी बिस्तृत विवरण थाहा नभएको निमित्त प्रमुख प्रशासकिय अधिकृत श्याम प्रसाद यादवले नेपालिपब्लिकलाई बताए ।
‘उद्दम बिकाश कार्यक्रम शाखामा कार्यरत महिलासंग भएको घटनाबारे थाहा भएको छ’, यादवले भने– ‘तर वास्तविकता के हो त्यो छानबिनबाट थाहा हुन्छ ।’
विवादै–विवादमा मुछिआएको पचरौता नगरपालिकामा भएको घटनालाई सामान्य रुपमा लिन नहुने स्थानियहरुको भनाई छ ।
पिडित महिला तथा आरोपित पासवानबिच यसअघी बिभिन्न बिषयहरुमा मनमुटाव हुंदै आएको श्रोतले जनाएको छ ।
‘कैलालीबाट बाराको दुर्गम स्थानमा एक्दलै बस्ने महिलालाई गलत मनसायले देखेको र त्यसको फाईदा उठाउन खोजेको पनी हुनसब्छ’– एक स्थानियले भने ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका एसपी दिपेन्द्रबहादुर शाहीले बताए ।
घटनाको शुक्ष्म अनुसंधान गरी पिडितलाई न्याय र दोषिलाई कारवाहीको दायरामा ल्याउने कुरामा आफु प्रतिबद्ध रहेको शाहीले बताए ।