राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन आजबाट काठमाडौंमा सुरू भएको छ । काठमाडौंको भृकुटीमण्डपमा तीन राप्रपाबीच एकता भएपछि बुधबारबाट पार्टीको पहिलो महाधिवेशन सुरू भएको हो ।
महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनले दाबेदारी प्रस्तुत गरेका छन् । लिङ्देनलाई अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि समर्थन गर्ने घोषणा गरिसकेका छन् भने अर्का अध्यक्ष पशुपति शम्शेर राणा तटस्थ छन् । उनले सहमतिमा नेतृत्व चयनका लागि प्रयास गर्ने बताएका छन् ।
यसैगरी अध्यक्ष थापालाई नेताहरु बुद्धिमान तामाङ, उद्धव पौडेल, दीपक बोहोरा, ध्रुव प्रधान, रोशन कार्की र भुवन पाठकको समर्थन रहेको छ ।
झण्डै चार हजार चार सय प्रतिनिधि सहभागी हुने महाधिवेशनले १४७ कार्य समितिले चयन गर्ने छ । आजबाट शुरु भएको महाधिवेशन तीन दिनसम्म चल्नेछ ।