कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् ।
बुधबार उनले प्रदेशसभामा आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा २२ मत पाए ।
सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीले पाएको मत संख्ख्या प्रदेशसभाको सदस्य संख्याको बहुमत भएकाले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरे ।
आजको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरु भने उपस्थित भएनन् ।