नेपालमा थप ३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ७२७ नमुना परिक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा २५९ संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । हालसम्म ९७.७ प्रतिशत संक्रमित निको भइसकेका छन् ।
बुधबार ३ संक्रमितको मृत्यु भएको छ । हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२९ पुगेको छ ।