कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको आतंकबीच विश्वका धेरै देशहरुमा संक्रमण बढ्दै भएको छ ।
डब्लुएचओले अफ्रिकामा कारोना संक्रमितको संख्या ९३ प्रतिशतले बढेको बताएको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले विश्व स्वास्थ्य संगठनका ६ वटा क्षेत्रका कम्तीमा २३ देशहरुमा कोरोनाको भेरियन्ट भेटिएको जानकारी दिए ।
यो भेरियन्टको उपस्थिति भएका देशहरुको संख्या अझै बढ्ने डर रहेको उनको भनाइ छ । डब्ल्यूएचओले तीव्र गतिमा परिवर्तन भइरहेको ओमिक्रोन कोरोना भाइरस विश्वभर फैलिने सक्ने बताएको छ ।
भविष्यमा यसबाट संक्रमण बढ्ने खतरा पनि रहेको उनको भनाइ छ । यति मात्र होइन, यसका कारण कतिपय क्षेत्रमा गम्भीर परिणाम पनि देख्न सकिन्छ । डब्लुएचओले आफ्ना सबै १९४ सदस्य राष्ट्रहरुलाई खोपको गति बढाउन सल्लाह दिएको छ ।
ओमिक्रोन २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा पहिलो पटक देखा परेको थियो । ओमिक्रोनलाई देश भित्रिन नदिन विश्वका सबै देशले कडा प्रतिबन्ध लगाएका छन् ।
जापानले यात्रा प्रतिबन्धलाई कडा पारेको छ । अमेरिकाले अन्तराष्ट्रिय यात्रुहरुका लागि अनुसन्धानका नियमहरु पनि कडा बनाएको छ । अस्ट्रियाले डिसेम्बर ११ सम्म लकडाउन विस्तार गरेको छ, जबकी पोर्चुगलले घर भित्र पनि मास्क लगाउन सल्लाह दिएको छ ।
जर्मनीको इन्टेन्सिभ केयर एसोसिएसनले क्रिसमअघि आईसीयू आवश्यक पर्ने कोभिड बिरामीको संख्या नयाँ उचाइमा पुग्ने चेतावनी दिएको छ ।