नेपाली काग्रेसको आसम्म १४ औ महाधिवेशनपुर्व जिल्ला अधिवेशन बाकी रहेको प्रदेश २ को ८ वटै जिल्लाको अधिवेशनका स्थगित गरिको छ ।
बिहीबारदेखि सातै प्रदेशमा अधिवेशन सुरू हुने भएकाले त्यसअघि अधिवेशन गर्न बाकी रहेका प्रदेश २ का ८ जिल्ला लगायत १६ वटा जिल्लाको अधिवेशन स्थगित गरिएको केन्द्रिय निर्वाचन समितिले जनाएको छ ।
केन्द्रिय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार बांकी रहेका जिल्लाहरुको अधिवेशन हाललाई स्थगित गरिएको हो ।
स्थगित गरिएको १६ वटै जिल्लाहरुको अधिवेशन केन्द्रिय महाधिवेशनपछि मात्रै हुने सचिव श्रेष्ठले जनाए ।
प्रदेश २ को पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी तथा चितवन, कैलाली र बाँके लगायतका १६ जिल्लाहरुमा हालसम्म जिल्ला अधिवेशन हुन सकेको छैन ।
सक्रिय सदस्यतामा विवाद लगायत बिभिन्न किशिमका अवरोधका कारण निर्धारित समयमा ति जिल्लाहरुको अधिवेशन हुननसकेको कारण हाललाई स्थगित गरिएको श्रेष्ठले जनाए ।
नेपाली कांग्रेसको हालसम्म ६१ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ ।
आज विहीबारदेखी ७ वटै प्रदेशको अधिवेशन सुरू हुंदैछ । दिउँसो २ बजे पार्टीका सभापति एवम प्रधानमन्त्री शेरबहादुर देउवाले डिजिटल माध्यमले सातै प्रदेशको अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।