सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् ।
बिहीबार बिहान स्पेनबाट स्वदेश फर्किएका सभामुख सापकोटाले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।
सर्वोच्चको गतिरोधबारे सोधिएको प्रश्नमा सभामुख सापकोटाले भने, ‘कसरी पहलकदमी लिने र धारणा कसरी बनाएर अगाडि जाने भन्ने कुरामा म यहाँ आइसकेँ, अब सोच्छु ।’
यसैगरी, स्पेनमा रहँदा राष्ट्रिय राजनीतिको विषयमा जानकारी राखेको समेत उनले बताए ।
अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४३ औँ सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा मङ्सिर ८ गते स्पेनको म्याड्रिड गएका थिए ।