प्रदुषण लेभेल बढेर स्वास्थ्यमाथि गम्भीर असर पर्न थालेपछि भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय भोलिदेखि अनिश्चतकालका लागि बन्द गर्ने निर्णय गरिएको छ ।
दिल्लीको अरविन्द केजरिवाल सरकारले शुक्रवारदेखि सम्पुर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रदुषणले जनजीवन प्रभावित भएर नागरिकको स्वास्थ्यमा नकारात्मक असर पर्न थालेपछि भारतको सर्वोच्च अदालतको आदेशले आज दिल्ली सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
दिल्ली सरकारले सरकारी तथा प्राइवेट कार्यालयहरुमा काम गर्नेहरुलाई पनि घरबाटै काम (वर्क फ्रम होम) गर्न निर्देशन दिएको छ । परिक्षा चलिरहेका विद्यार्थीहरु भने विद्यालय जानसक्ने दिल्ली सरकारले जनाएको छ ।